सी चिनफिङद्वारा अफ्रिकाको आधुनिकीकरणको बाटोमा सहयोगी बन्न इच्छा व्यक्त
2023-08-27 15:38:42CRI
Share with:

अगस्ट २४ तारिखमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण अफ्रिकाका राष्ट्रपति मातामेला सिरिल रामाफोसाले दक्षिण अफ्रिकाको जोहानसबर्गमा चीन-अफ्रिका शिखर वार्ताको सह-अध्यक्षता गर्नुभयो। आफ्नो मुख्य भाषणमा राष्ट्राध्यक्ष सी चिन फिङले अफ्रिकी देश र जनताले स्वतन्त्र रूपमा रोजेको आधुनिकीकरणको मार्गलाई चीनले दृढतापूर्वक समर्थन गर्ने र अफ्रिकाको आधुनिकीकरणको मार्गमा सहयोगी बन्न इच्छुक रहेको बताउनुभयो।