दश दिनपछि खुल्यो खुलालु हिल्सा कोरिडोर
2023-08-28 16:12:26CRI
Share with:

कर्णाली कोरिडोरको खुलालु सडक खण्ड दश दिनपछि सुचारु भएको छ । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको गोरखापत्र अनलाइनले खबर लेखेको छ। 

खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सुचारु भएको हो । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सडक डिभिजन जुम्लाले ठेक्का खोलेर जोखिम सडक बनाउनका लागि एक हप्ता सडक बन्द गरिदिन भनेपछि गत भदौ १ गतेदेखि बन्द गरिएको थियो । सडकको डबल कटान सकिएकाले खोलिएको बताउनुभयो । 

हरि, सागर, रेग्मी जेभीले सडक मर्मतको जिम्मा लिएको छ । निर्माण व्यवसायी रूपक आचार्यले सडक फराकिलो बनाउने काम सकिएको र अव आरसिसी गर्न बाँकी रहेको बताउनुभयो । केही दिनबाट आरसिसी पनि सुरु हुनेछ । सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने बताउनुभयो ।

खुलालु पुलको सडक फराकिलो भएसँगै जोखिम पनि कम हुनेछ । उकालो सडक मर्मत भएमा ढुक्कले यातायातका साधन सञ्चालन हुनेछन् । पहिलो पटक भएको ठेक्कामा कुनै पनि निर्माण व्यवसायी सहभागी नभएपछि गत वैशाखमा जोखिम सडक आफैँ सडक डिभिजन कार्यालय जुम्लाले कोटेसनबाट मर्मत गरेको थियो । अहिले भने निर्माण व्यवसायी आचार्यले ठेक्का हालेका कारणले काम गराउन सहज भएको कार्यालयले जनाएको छ।