म चीनबारे बुझिरहेको छु
2023-08-28 15:04:21CRI
Share with:

मन्दु नामका पुरूष पैचिङ विश्वविद्यालयमा अध्ययनरत् क्यामेरोनका नागरिक हुनुहुन्छ। उहाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई पठाउने दुईवटा चिट्ठी लेख्ने कार्यमा संलग्न हुनुभयो। तुरून्तै उहाँले राष्ट्राध्यक्ष सीको जवाफी चिट्ठी पाउनुभयो। उहाँलाई गहिरो छाप पारेको कुरा के छ भने राष्ट्राध्यक्ष सीले चिट्ठीमा यसरी भन्नुभयो: आजको चीनबारे बुझ्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझ्नुपर्छ।

 

बितेका केही वर्षयता मन्दुले चीनका धेरै ठाउँको अवलोकन गर्नुभएको छ। “राष्ट्राध्यक्ष सीको शासन व्यवस्थाका बारेमा मेरो निकै रूचि छ, विशेषत: गरिबी निवारणको सन्दर्भमा मलाई खुब चाख लागेको छ।”उहाँले भन्नुभयो: चीन किन समक्ष छ? अफ्रिका कसरी सक्षम छ? हाल अफ्रिकामा अधिकांश समस्या मौजुद छ। म विशेषत: राष्ट्राध्यक्ष सीको गरिबी निवारणको अनुभव सिक्न आएको हुँ। गरिबी निवारण कसरी गर्ने भन्ने विषय बुझ्न मलाई मन लाग्छ।