पोखराबाट चार्टर्ड उडान गर्न रोयल भुटानले माग्यो अनुमति
2023-08-29 15:45:39CRI
Share with:

भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि अनुमति मागेको छ। रोयल भुटानले आगामी भदौ २३ गते (सेप्टेम्बर ९ देखि) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयनसँग अनुमति मागेको हो। 

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उक्त वायुसेवाले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो-पोखरा-पारो दैनिक नियमित उडान गर्नेछ। साथै नियमित सफल भएमा पारो-पोखरा-दिल्ली र दिल्ली-पोखरा-पारो उडान गर्ने कम्पनीको योजना रहेको छ। 

सूचना अधिकारी भुलकाअनुसार फिप्थ फ्रिडम अनुसार अब भुटानबाट आएको विमानले पोखरा आएर यात्रु थपघट गर्न सक्छ र दिल्ली एयरपोर्टसम्म जान सक्छ। त्यस्तै, दिल्लीबाट उडान थालेको विमानले पोखरा आएर यात्रु थपघट गरेर भुटानको पारोसम्म जान पाउँछन्। 

ड्रुकले चार्टर्ड उडान थालेसँगै पोखराको लागि भुटानबाट पहिलो चार्टर्ड हुनेछ। 

'ड्रुकले पोखराबाट चार्टर्ड गर्न अनुमति माग्नु खुसीको कुरा हो,' उहाँले भन्नुभयो, 'यससँगै पोखरामा भुटानबाट धेरै पर्यटक आउने र पोखराबाट भुटान जाने व्यापारीहरूलाई यो उडानले कनेक्टिभिटी बढाउँछ।'

एयरलाइन्सले हाल पारो-काठमाडौं सातामा सातवटा नियमित उडान गर्दै आएको छ। सेतोपाटी अनलाइन।