“सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको ब्याख्या” शीर्षकमा पाठ्यपुस्तक प्रकाशन
2023-08-29 10:47:52CRI
Share with:

सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई पाठ्य पुस्तक, कक्षा र मानिसको दिमागमा प्रवेश गराउनका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभाग र शिक्षा विभागले संयुक्त रुपमा “सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको ब्याख्या” शीर्षकको पाठ्य पुस्तक सम्पादन गरेका छन्। उक्त पाठ्य पुस्तकलाई उच्च स्तरीय शिक्षा प्रकाशन एजेन्सी र जनता प्रकाशन एजेन्सीले संयुक्त रूपमा प्रकाशन गरेका छन् भने अगष्ट २९ तारिखदेखि देशभरि प्रकाशित गरिएको छ।

उक्त पुस्तक सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको सम्पूर्ण रूपमा ब्याख्या गरिने पहिलो पाठ्य पुस्तक हुनुका साथै विश्वविद्यालयका लागि विचार र राजनीतिक कक्षामा प्रयोग गरिने आधिकारिक पाठ्य पुस्तक पनि हो।

सो पाठ्य पुस्तकमा निर्देशित धारणा र १७ वटा मुख्य भाग समावेश छन्। युवा विद्यार्थीको सही विश्व दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य दृष्टिकोणको स्थापना गर्नका लागि उक्त पुस्तकको निकै महत्वपूर्ण अर्थ रहेको छ।