कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्री प्रचण्डाको भनाइ
2023-08-29 14:56:31CRI
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताउनुभएको छ। साथै उहाँले

कृषि क्षेत्रमा व्यावसायिकीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्नका लागि तीन तहकै सरकारसँग मिलेर विभिन्न कार्यक्रमका लागि बजेट पनि विनियोजन गरिएको भन्दै सरकारले सोचे अुसारको कृषिमा उत्पादन र प्रतिफल पाउन नसकेको उल्लेख गर्नुभयो।

प्रतिनिधिसभाको बैठकमा जारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर श्रृङ्खलामा सांसद उर्मिला माझिले ६५ प्रतिशत जनसङ्ख्या कृषिमै आधारित भएको अवस्था सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बन्न र उत्पादन तथा उत्पादकत्व बढाउनका लागि के कस्ता काम गरिरहेको छ? भनेर प्रश्न गर्नुभएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो जवाफ दिनुभएको नागरिकन्यूज डटकममा खबर छ।  

उहाँले सरकारले कृषिमा उत्पादकत्व बढाउनका लागि दूध तथा मासुमा आत्मनिर्भर बन्नका लागि पशु नस्ल कार्यक्रम, कृषि बीमा कार्यक्रम जस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याएको बताउनुभयो।

कृषि क्षेत्रमा लगानी बढउानका लागि सरकारले सहुलियतमा ऋण उपलब्ध गराउने, विभिन्न कृषि केन्द्रीत कार्यक्रम पनि सञ्चालनमा ल्याएको तर, अहिलेसम्म जे जति काम भएका छन् त्यसबाट सोचे जति प्रतिफल हासिल हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।   

प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा मुलुकलाई सबल र सक्षम बनाउनका लागि आफ्नो भारत भ्रमणको क्रममा भारत सरकारसँग कृषि उत्पादन र उत्पादकत्व बढाउन तथा नयाँ प्रविधि अनि प्राकृतिक रुपमा कसरी कृषिलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने तथा चीन भ्रमणको क्रममा पनि यस विषयमा गम्भीर छलफल गर्ने बताउनुभयो।