चीनमाथि आरोप लगाउँदैमा समुद्रमा दूषित पानी निकास गर्ने जापानी कर्तुतलाई छोप्न सकिँदैन
2023-08-30 16:29:24CRI
Share with:

हालै फुकुसिमाको आणविक दूषित पानी प्रशान्त महासागरमा निकास गरिएको छ। अन्तर्राष्ट्रिय समाजले यसमाथि टिकाटिप्पणी गरिरहेको छ। तर जापानले गलत कारवाही नसच्याएको मात्र नभई चीनमाथि उल्टै आरोप लगाउन थालेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदा लगायतका जापानी राजनीतिज्ञहरूले चीनले जापानी समुद्री खानेकुरा आयातमा गरेको सीमितताको कदम रद्द गर्न आग्रह गरेका छन्।  

यो जापानले बनाएको जनमत लडाईँहरूमध्येको एक भाग हो। दुई वर्षअघि जापान सरकारले आणविक दूषित पानीलाई समुद्रमा निकासी गर्ने घोषणा गरेपछि आफू विरुद्धका कमजोरीहरू ढाकछोप गर्ने गतिविधि शुरु गरेको थियो। दूषित पानीलाई समुद्रमा निकासी भएको सोही दिन एन.एच.केले जनाएअनुसार, जापानी विदेश मन्त्रालयले तथाकथित“गलत सूचना”को सामना गर्न प्रचार-प्रसार नीतिको तर्जुमा गरेको थियो। उक्त योजनाको कुल रकम ७० अर्ब जापानी येन बराबर छ।

जापानले अन्तर्राष्ट्रिय समाजको विरोधको वेवास्ता गरी फुकुसिमाको दूषित पानीलाई निकास गरेको, विश्वको समुद्री वातावरण र मानव स्वास्थ्यमाथि ठूलो खेलवाड गरेको छ। अन्तर्राष्ट्रिय समाजले जापानको कडा निन्दा गरेको छ। चिनियाँ उपभोक्ताले खाद्य सुरक्षाप्रति चिन्ता प्रकट गरेका छन्। चीन सरकारले जनताको ध्यानाकर्षणमाथि नजर पुर्‍याउनुपर्छ। चीन सरकारले विज्ञान र वास्तविता बमोजिम आवश्यक सामना कदम चाल्ने, समुद्री वातावरणको सुरक्षा गर्ने र चिनियाँ नागरिकको स्वास्थ्यको संरक्षण गर्ने छ। यसका साथै चीनले सधैं नै कानूनबमोजिम चीनमा रहेका विदेशीहरूको सुरक्षा र वैधानिक हितको प्रत्याभूति गरिरहने छ। 

हालैका वर्षहरूयता जापानले दूषित पानीलाई समुद्रमा निकास गर्नुका साथै सैन्य शक्तिलाई विस्तार गरेको छ र एशिया प्रशान्तमा अलगाववाद र मुठभेड सिर्जना गर्न अमेरिकासँग सम्पर्क गरिरहेको छ। जापानले तुरुन्तै गल्ती सच्याउनुपर्छ, आणविक दूषित पानीलाई समुद्रमा निकास गर्न रोक्नुपर्छ।