अमेरिकाले “चीनबाट नअलगिने” कुरालाई कसरी व्यवहारमा उतार्ने
2023-08-31 16:32:41CRI
Share with:

अमेरिकी वाणिज्य मन्त्री गिना राइमोन्डोले अगष्ट ३० तारिख चार दिने चीनको भ्रमण समाप्त गर्नुभयो। उहाँ चालू वर्ष जुन महिनायता चीनको भ्रमण गर्नुभएका उहाँ चौथो वरिष्ठ अमेरिकी राजनीतिज्ञ हुनुहुन्छ।

राइमोन्डोको चीनको भ्रमणको मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय जनमतले चीन-अमेरिकाले घोषणा गरेको “नयाँ आदान-प्रदान माध्यमको स्थापना”माथि ध्यान दिएको छ। राइमोन्डोले “चीनसँग सम्बन्ध नअलगिने” कुरा प्रकट गर्नुका साथै अमेरिकी उद्योग-व्यवसायले चीनमा लगानी बढाउने आशा व्यक्त गर्नुभयो। सम्बन्धित विशेषज्ञले “विश्व दृष्टिकोण”लाई अन्तर्वार्ता दिँदै “नयाँ आदान-प्रदान माध्यम” चीन र अमेरिकाले आदान-प्रदान गर्नका लागि हितकर हुने तर अमेरिकाको वास्तविक कारवाही हेर्नुपर्ने कुरा बताएका छन्। 

वाशिङटनले सही कदमको तर्जुमा गर्नुपर्छ, चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक सम्बन्धको मूल पारस्परिक हित र साझा विजय हो भन्ने कुरा स्पष्ट रुपमा देख्नुपर्छ।   

 

सन् २०१८ यता अमेरिकाले चीनको सामानमा बढी शुल्कको भन्सार कर असुलेको थियो। तर सन् २०२२मा चीन र अमेरिकाको व्यापारिक रकम करीब ७ खर्ब ६० अर्ब अमेरिकी डलर पुगेको थियो र यसले इतिहासको नयाँ उचाइको सि‍र्जना गरेको थियो। अमेरिका-चीन व्यापार समितिले सार्वजनिक गरेको “सन् २०२३ अमेरिकाले चीनतर्फ निर्यात गरेको प्रतिवेदन”अनुसार, चीनतर्फ अमेरिकाको निर्यातले अमेरिकाका लागि १० लाख वटाभन्दा बढी रोजगारीका अवसर उपलब्ध गराएको छ। ७० हजार वटाभन्दा बढी अमेरिकी उद्योग-व्यवसायले चीनमा लगानी गरेका छन्। 

यो चीन र अमेरिकाका व्यवसायहरूबीच गहिरो रुपमा मिश्रण भएको, अर्थतन्त्र र व्यापारको पारस्परिक हित र साझा विजयको नतिजा हो र अमेरिकाको उद्योग तथा वाणिज्य क्षेत्रले चीनसँग सम्बन्ध तोड्न अस्वीकर गर्नुको प्रत्यक्ष कारण हो। अमेरिकी सञ्चार-माध्यमले जनाएअनुसार, राइमोन्डोले चीनको भ्रमण गर्नुअघि वाणिज्य क्षेत्रका करीब १५० जना नेतासँग छलफल गर्नुभयो। उनीहरूले चीन र अमेरिकाले आदान-प्रदान गर्ने आशा लिएका छन्।

आर्थिक तथा व्यापरिक सम्बन्ध चीन र अमेरिकाको सम्बन्धको आधार हो। राइमोन्डोले चीनको भ्रमण गर्नुभएपछि विश्वले आगामी दिन अमेरिकाको गतिविधिलाई गहिरिएर नियाल्दै रहनेछ।