सेवा व्यापार मेला अवधिमा पैचिङमा विविध रात्रिकालीन सांस्कृतिक गतिविधि आयोजना हुने
2023-08-31 10:17:08CRI
Share with:

 

चीन(पैचिङ)अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ सेप्टेम्बर २ देखि ६ तारिखसम्म पैचिङमा आयोजना गरिनेछ। उक्त विश्वव्यापी सेवा व्यापारिक क्षेत्रमा सबभन्दा ठूलो परिधिको मिलिजुली प्रदर्शनी नै हो। चालु वर्षको सो मेला अवधिमा पैचिङका विभिन्न ठाउँमा अधिकांश रात्रिकालीन सांस्कृतिक गतिविधि आयोजना गरिनेछ। 

यस सेवा व्यापार मेलाको मुख्य प्रदर्शनी स्थलमध्येको एक अर्थात् राजधानी इस्पात उद्यानले “रात्रिकालीन ढाँचा”को आरम्भ गर्नेछ। पैचिङको फा हाइ गुम्बा सन् १४३९ मा स्थापना गरिएको थियो। त्यसको मुख्य दरबारमा प्राचीन मिङ वंशको मूल्यवान भित्ते चित्रलाई पूर्ण रूपमा संरक्षित गरिएको छ। यस मेला अवधिमा त्यस विश्वप्रख्यात भित्ते चित्रलाई रात्रिकालीन समयमा दर्शकसमक्ष देखाइनेछ। 

यसका अतिरिक्त सेवा व्यापार मेला अवधिमा पैचिङ पर्यटन र मनोरञ्जन क्षेत्रका रूपमा रहेको लाङ युआन पार्कमा रात्रिकालीन चलचित्र प्रदर्शनी, बाह्य सङगीत समारोह, रात्रिकालीन हस्तकला बजार लगायतका रङगीचङगी कार्यक्रमहरू आयोजना गरिनेछ।