पैचिङमा ११ औँ राष्ट्रिय स्वदेश फिर्ती प्रवासी र प्रवासीका परिवारजन प्रतिनिधि सम्मेलन
2023-09-01 14:34:22CRI
Share with:

११ औँ राष्ट्रिय स्वदेश फिर्ती प्रवासी र प्रवासीका परिवारजन प्रतिनिधि सम्मेलन अगष्ट ३१ तारिख पैचिङमा आयोजना गरिएको छ। सी चिनफिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाइ छी, तिङ स्युए स्याङ र हान चङ लगायत पार्टी र देशका नेताहरूले सम्मेलनमा सहभागी हुँदै शुभकामना व्यक्त गर्नुभएको छ।

 

चीनका विभिन्न स्थानका लगभग १२०० जना स्वदेश फिर्ती प्रवासी, प्रवासीका परिवारजन प्रतिनिधि र १०० भन्दा बढी मुलुकका ६०० जति विदेशी प्रवासी अतिथिहरू सम्मेलनमा सहभागी भएका छन्।

 

ली सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट “सशक्त मुलुकको निर्माण र चीन राष्ट्रको पुनरूत्थानका लागि प्रवासी क्षेत्रको एकीकृत र परिश्रम एकीकृत शक्ति” शीर्षकमा सम्बोधन गर्नु भएको छ।