बिआरआई जनजीवनलाई सरल बनाउने गरी ल्याइएकोले नेपालले विदेशी परियोजनाहरू देशको हितमा ग्रहण गर्न सभामुखको सुझाव
2023-09-02 16:14:51CRI
Share with:

सभामुख देवराज घिमिरेले विदेशी परियोजनाहरूबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभयो।

सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

सभामुख घिमिरेले एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताउनुभयो।

उहाँले नेपाललाई बाह्य ऋणबाट मुक्त गर्नुपर्ने भन्दै राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘आज विश्वका शक्ति राष्ट्रहरू युएसएले एमसीसी लगायतका कार्यक्रमहरू विस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोशिस गरिरहेको छ। त्यसरी नै बिआरआई प्रोग्राम अन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ। नेपालले यी दुई वटै प्रोग्रामहरुबाट नेपाली जनताको हितमा कसरी जाने ? भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ।’

सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताउनुभएको नागरिकन्युज डट कमले जनाएको छ।