जापानका लागि अमेरिकी राजदूतले फुकुसिमामा समुद्री खानेकुरा खाएको शोबाट अमेरिका र जापानले समुद्र भंग गर्ने दुष्ट कर्तुत देखिएको
2023-09-02 15:49:15CRI
Share with:

अगष्ट ३१ तारिख जापानका लागि अमेरिकी राजदूत राहम एमानुएल समुद्री खानेकुरा खान फुकुसिमा गए। उनले जापानी सञ्चार-माध्यममा लेख प्रकाशित गर्दै चीनले चालेको उचित कदमप्रति आरोप लगाउनुका साथै चीनले समुद्री वातावरण भंग गरेको कुराको बदनाम गरेका छन्। सोही दिन जापानी कृषि, वन तथा मत्स्य पालन मन्त्री  नोमुरा तेसुरोले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै फुकुसिमाबाट निकास गरिएको पानीलाई “आणविक दूषित पानी”को रुपमा भनेका छन्।

जिम्मेवार जापानी विभागका अधिकारीले यसरी भनेका छन्, जापानले समुद्रतर्फ दूषित पानी निकास गर्ने योजना तालिकाप्रति अमेरिका आशावादी छ। तर जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षको पूर्वार्धमा अमेरिका जापानबाट कृषि, वन तथा मत्स्य सामान आयात गर्ने मात्रा सबैभन्दा बढी घटाउने मुलुक हो। 

अमेरिकाले किन जापानको समर्थन दिएको छ त? अमेरिकाले जापानलाई दूषित पानीलाई समुद्रमा निकास गर्न समर्थन दिएको कारण आफू समुद्री वातावरण भंग गर्ने पक्ष हो भन्ने कुरासित सम्बन्धित छ।  

जापानले दूषित पानीलाई समुद्रमा निकास गरेको कुरा मानव हितसित सम्बन्धित छ। जापानले आणविक दूषित पानीलाई समुद्रमा निकास गरेपछि चीनले कानून र ऐन, विश्व व्यापार संगठनको सम्बन्धित नियमबमोजिम सामनाका कदम चालेको छ। चीनको कदम उचित र आवश्यक छ। यो चीनले विश्वको समुद्री पर्यावरण र मानव स्वास्थ्यको संरक्षण गर्ने दायित्व हो।