सी चिनफिङबाट चिनियाँ एरो इन्जिन कर्पोरेसनअन्तर्गत लिनिङ इन्जिन एसेम्बली प्लान्टका कामदारलाई जवाफी चिट्ठी
2023-09-02 17:26:12CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले १ तारिख चिनियाँ एरो इन्जिन कर्पोरेसनअन्तर्गत लिमिङ इन्जिन एसेम्बली प्लान्टमा “ली च छ्याङ टोली”का कामदारलाई जवाफी चिट्ठी पठाएर एरो इन्जिनको अनुसन्धान कार्यबारे चासो व्यक्त गर्नुभएको छ। 

उहाँका अनुसार, एरो इन्जिन राष्ट्रिय विज्ञान तथा प्रविधि क्षमता र नवीन क्षमताको महत्वपूर्ण अवतार हो। यी जिम्मेवारीको दृढताका साथ स्मरण गरी अन्तरिक्ष कार्यमा देशलाई योगदान दिने महत्वाकांक्षा सुदृढ पार्नुपर्छ। श्रमिक मोडल तथा शिल्प आत्मा वहन गरी अझ बढी केन्द्रिय प्रविधिको अनुसन्धान गरेर एरो इन्जिनको स्वतन्त्र अनुसन्धान तथा उत्पादन पाइलालाई तीव्र पारेर चिनियाँ जहाजमा अझै बलियो चिनियाँ इजिनको प्रयोग बढाउनुपर्ने भन्दै उहाँले अन्तरिक्ष निर्माण र उच्चस्तरीय विज्ञान तथा प्रविधिको स्वतन्त्र निर्माण गर्न योगदान दिने आशा पनि गर्नुभएको छ। 

लिमिङ इन्जिन एसेम्बली प्लान्ट चिनियाँ एरो इन्जिन कर्पोरेसनअन्तर्गत शनयाङ लिमिङ कम्पनी अन्तर्गत रहेको छ। सन् १९५४ मा स्थापना भएको बेला इन्जिन एसेम्बली टोलीको गठन भएको थियो। सन् २०१३ मा राष्ट्रिय श्रमिक मोडल एवम् राष्ट्रिय प्राविधिक विशेषज्ञ ली चछ्याङको नामबाट फेरि नामकरण गरिएको हो। केही दिनअघि ली चछ्याङ टोलीका ८जना कामदारले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर दश वर्षको उपलब्धिबारे चर्चा गरेका थिए।