हाल अफ्रिकी संघका वर्तमान अध्यक्ष एवम् कोमोरोसका राष्ट्रपति अजाली असौमानीले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।
यस वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन तथा अफ्रिकाबीच सहयोग सिद्धान्त प्रस्तुत गर्नुभएको दशौं वार्षिकोत्सव हो। यस विषयबारे मूल्यांकन गर्दै राष्ट्रपति असौमानीले चीन र अफ्रिकाबीच दाजु-भाइजस्तै नाता रहेको बताउनुभयो। उहाँका अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ एकजना महान नेता हुनुहुन्छ। उहाँसँग बहुपक्षीयताको परिप्रेक्ष्य छ। उहाँले सहकार्य साझेदारी विस्तार गरेर साझेदारी सम्बन्धमा सहकार्य गर्ने आशा गर्नुभएको छ। यो ‘विन-विन’ विचारधारा हो। यस्तो सहकार्यले अफ्रिकी देशहरू र चीनको सम्पर्कलाई घनिष्ट पारेको छ। कोमोरोसको महत्वपूर्ण सहकार्य साझेदारी भएको चीनले कोमोरोसको विकासलाई सहयोग गरेको छ। साथै चीनको विकासले विश्वको विकासलाई सहयोग गर्ने ठहर उहाँले गर्नुभएको छ। चीनले बहुपक्षीयताका लागि राम्रो नमूना दिनेछ।


