विश्व अर्थतन्त्रको पुनरुत्थान गर्न चीन प्रयासरत
2023-09-03 16:09:43CRI
Share with:

सेप्टेम्बर २ तारिखदेखि सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला पैचिङमा सुरू भएको छ। चीनका सर्वोच्च नेता सी चिनफिङले भिडियोमार्फत् सम्बोधन गर्दै चीनले उच्चस्तरीय खुलापन बढाउने कुरा व्यक्त गर्नुभयो।

तथ्याङ्क अनुसार, विश्वको सेवा व्यापार विश्वको जीडीपीमा ६५ प्रतिशत ओगटेको छ। त्यसमध्ये विकासोन्मुख मुलुकमा दुई तिहाइ र विकसित मुलुकमा ८० प्रतिशतको रोजगार सेवा उद्योगबाट आएको हो।

चालू वर्ष चिनियाँ सुधार तथा खुलापन भएको ४५औं वार्षिकोत्सव हो। यो कदमले चीनको गहिरो परिवर्तन गर्नुका साथै विश्वलाई पनि गहन रूपमा प्रभाव पारेको छ। तथ्याङ्कका अनुसार, विगत १५ वर्षमा चिनियाँ सेवा आयात जम्मा ४५० खर्ब डलर पुगेको छ, जसले विश्वको सेवा आयातलाई १०.४प्रतिशतले बढाएको छ।

त्यसैले सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले चीनले उच्चस्तरीय खुलापन बढाएर विभिन्न देशहरूको खुलापन तथा सहकार्यलाई नयाँ अवसर प्रदान गर्ने कुरा प्रकट गर्नुभको छ।