नवीन विकास चालकले विश्वका लागि के के फाइदा ल्याएको छ?
2023-09-03 16:01:10CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २ तारिख चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला२०२३ अन्तर्गत विश्व व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्दै विश्व सेवा व्यापार र सेवा व्यवसायको सहयोगको गहिरो विकासले आर्थिक विश्वव्यापीकरण बढाउन, विश्व अर्थतन्त्रको जीवन्त शक्ति पुनःशुरु गर्न, विश्व अर्थतन्त्रको विकासलाई अघि बढाउनका लागि ठूलो शक्ति थपिदिएको कुरा बताउनुभयो।

हालैका वर्षहरू यता सेवा व्यापार विश्व व्यापारको नयाँ इन्जिन बनिसकेको छ। विश्व व्यापार संगठनको अनुमानअनुसार, सन् २०४०सम्म विश्व व्यापारमा सेवा व्यापारको अनुपात ५० प्रतिशत पुग्ने छ। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, सन् २०२२मा चीनको सेवाको आयात-निर्यात कुल रकम करीब ६० खर्ब चिनियाँ युआन पुगेको र लगातार नौ वर्षसम्म विश्वको दोस्रो स्थानमा रहेको थियो।

चीनमा सुधार तथा खुलापन नीति लागू भएको ४५ वर्षयता चीनले आफ्नो ढोका खोलेको मात्र नभई विश्वको विकासका लागि “स्वच्छ कोठा” उपलब्ध गराएको छ। चीनले सेवा व्यवसाय बजारमा प्रवेशको पहुँच निरन्तर रुपमा खुकुलो पारेको छ।

चालू वर्ष चीन सुधार तथा खुलापन नीति लागू भएको ४५औं वार्षिकोत्सव हो। सेवा व्यापार मेला चीनको उच्च स्तरको खुलापनको एक महत्वपूर्ण चौतारो बनेको छ। यसले चीनले विश्व सेवा व्यापार र आर्थिक बृद्धिका लागि दिएको योगदानको साक्षी गरेको छ।