बहामाका गभर्नर नियुक्त हुनुभएकोमा प्राट्टलाई राष्ट्राध्यक्ष सी चिनफिङको बधाइ
2023-09-03 17:00:36CRI
Share with:

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १ तारिख सिन्थिय अलेक्जेन्ड्रिया प्राट्टलाई बहामाका गभर्नर नियुक्त हुनुभएकोमा बधाइ सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार बहामा क्यारेबियन क्षेत्रमा चीनको महत्वपूर्ण सहकार्य साझेदार हो। उहाँले चीन र बहामाको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै गभर्नर प्राट्टसँग मिलेर दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाएर दुई देशका जनतालाई अझ बढी फाइदा पुर्याउने इच्छा राख्नुभएको छ।