छिङहाइ-तिब्बत पठारभूमिको संरक्षण गर्न बलियो समर्थन #समाचारसन्दर्भ
2023-09-03 09:15:03CRI
Share with:

हाल सीएमजी नेपाली विभागका पत्रकार रवि र राधिकाले तिब्बतको यात्रा गरिरहनुभएको छ। उहाँहरूको भनाइ अनुसार तिब्बतको आकाश सफा निलो छ, पानी स्वच्छ छ, घाँसे मैदान व्यापक छ र चलेको हावा पनि सुमधुर हुन्छ।

यस्तो सुन्दर दृश्य चीनले छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणीय वातावरणको संरक्षणमाथि अझ बढी ध्यान दिएबाट संभव भएको हो। खुशीको कुरा के हो भने, सेप्टेम्बर १ तारिखदेखि “जन गणतन्त्र चीनको छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणको संरक्षण कानून” औपचारिक रूपमा कार्यान्वयन सुरू भएको छ। छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणको संरक्षण गर्न चीनमा कानून बमोजिम सुरुवात भएको छ।

चीन सरकारले छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणको संरक्षणमाथि सधैं नजर पुर्याएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणको संरक्षणबारे धेरैपटक सम्बोधन र निर्देशन दिनुभएको छ। उहाँले तिब्बतसँग “पृथ्वीको तेस्रो ध्रुवको पर्यावरणको व्यवहारिक रूपमा संरक्षण” गर्न अनुरोध गर्नुभएको छ। 


 त्यसैले यो छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरणको संरक्षण कानूनको कार्यान्वयन छिङहाइ-तिब्बत पठारभूमिको विशेषता देखाउनुका साथै छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरण संरक्षणका लागि महत्वपूर्ण अर्थ रहेको छ। जसले राष्ट्रिय पर्यावरणीय बाधालाई दृढताका साथ बलियो कानूनी हतियार दिएको छ। कानूनको रक्षामा चीनले छिङहाइ-तिब्बत पठारभूमिलाई चीन र अन्तर्राष्ट्रिय पर्यावरणीय सभ्यताको नमूना निर्माण गर्ने विश्वास गरिएको छ।

नीलो र उज्ज्वल आकाश, स्वच्छ हिउँद्वारा ढाकिएको हिमालय, स्वच्छ नदी ती मानवको साझा मूल्यवान् वस्तु हुन्, चीन र नेपालले संरक्षण गर्ने सुन्दर थातथलो हुन्। हिमालयको दक्षिणतर्फमा बस्ने नेपालीहरू, पनि मिलेर माता पृथ्वीको यो पवित्र पहाड तथा भूमिको संरक्षण गरौं।