चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको अन्तिम दिन १३ वटा कम्पनी तथा संस्थाद्वारा २१ वटा नयाँ उपलब्धि सार्वजनिक
2023-09-06 17:20:00cri
Share with:

 

सेप्टेम्बर ६ तारिख चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको अन्तिम दिन हो। सोही दिन ३० वटा मञ्च तथा बैठक आयोजना भएको छ। ती मञ्चमध्ये २२ वटा मञ्च राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित भएका छन् भने ८ वटा शौकाङ पार्कमा आयोजित भएका छन्।

 

ती कार्यक्रमहरू मध्ये दुई शिखर मञ्च सबैभन्दा लोकप्रिय भएका छन्। छैटौँ "बेल्ट एण्ड रोड" परम्परागत चिनियाँ चिकित्सा विकास शीर्ष मञ्च र अर्को शिखर सम्मेलन विश्वको सबैभन्दा पछिल्ला प्रविधि सम्मेलन हो।

 

सोही दिन कुल १३ स्वदेशी तथा विदेशी कम्पनी तथा संस्थाले स्वास्थ्य तथा सरसफाइ, सूचना प्रविधि लगायतका विभिन्न क्षेत्रहरूका २१ वटा उपलब्धि सार्वजनिक गरेका छन्।