‘खुलापनबाट विकासलाई डोर्याउने, सहयोगबाट भविष्यमा विजय हासिल गर्ने’ नारा बोकेको सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर ६ तारिख सम्पन्न भएको छ। यस मेलामा २ सयभन्दा धेरैपटक विभिन्न मञ्च र प्रचार गतिविधिको आयोजना गरिएको छ। २४०० बढी व्यवसायले प्रत्यक्ष रूपमा मेलामा भाग लिनुका साथै ६७०० वटा व्यवसायले अनलाइनमार्फत् मेलामा भाग लिएका छन्। मेलामा ११०० भन्दा बढी उपलब्धि हासिल भएबाट विश्व आर्थिक व्यापारिक पुनःउत्थान तथा वृद्धि गर्न बुद्धि र शक्ति थपिएको छ।
विश्व डिजिटल सेवा व्यापार, हरित सेवा व्यापार तथा सेवा व्यापार क्षेत्र विकासको मुख्य क्षेत्र बन्दै हाल विश्व पर्यटन बजार पनि द्रुत गतिले पुनःउत्थान भएकोले विश्व आर्थिक वृद्धिमा नयाँ जीवन्त शक्ति थपिएको छ। सेवा व्यापारका विभिन्न क्षेत्रबीचको सहयोगलाई गहन पार्न तथा विश्व आर्थिक वृद्धिलाई सशक्त बनाउन मेलाले भूमिका खेलेको मेलामा उपस्थित व्यवसायी, विज्ञ तथा व्यक्तित्वहरूले बताएका छन्।