चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाबाट प्रदर्शित "आत्मविश्वास"ले चीनको बारेमा नराम्रो बोल्नेहरूका मुखमा बुझो
2023-09-07 16:52:14cri
Share with:

 

८३ वटा मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूले सरकार वा मुख्यालय कार्यालयको नाममा प्रदर्शनी, १ लाख ५५ हजार वर्ग मिटरको प्रदर्शनी क्षेत्रफल, लगभग २ लाख ८० हजार मानिसहरू मेलामा प्रवेश र १ हजार १ सय भन्दा बढी उपलब्धिहरू हासिल। सेप्टेम्बर ६ तारिख सम्पन्न चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ का उपलब्धि हुन् यी। पाँच  दिनको अवधिमा विविध सामग्रीहरू, आकर्षित दर्शकहरू र धेरै राम्रो लेनदेन तथ्याङ्कले वास्तविक आत्मविश्वास देखाएको छ। यसले केही अमेरिकी र पश्चिमा देशबाट चीनको अर्थतन्त्रको बारेमा खराब बोल्नेहरूलाई पनि मुखमा बुझो लगाइ दिएको छ।

यस सेवा व्यापार मेलामा चीनले स्पष्ट रूपमा "दूरसञ्चार, पर्यटन, कानुन, र व्यावसायिक परीक्षाहरू जस्ता सेवा क्षेत्रहरू खुला गर्नुपर्ने" शीर्षकमा एक प्रस्ताव प्रस्तुत गरेको छ। जसबाट विदेशी व्यापारीहरूलाई आकर्षित भएका छन्। विदेशी व्यवसायीहरूको दृष्टिकोणबाट उच्च स्तरको खुलापनले विकासका अरू भन्दा बढी मौका सिर्जना ल्याउने भएको छ। 

अरूको नराम्रो मुखले आफूलाई राम्रो बनाउँदैन र यदि चीनले निरन्तर विकास गरिरह्यो भने संसार अझ समृद्ध हुनेछ। अमेरिका र पश्चिमका केही मानिसहरूले पनि आफ्नो आँखा खोलेर संसार हेर्न सक्छन्। चीनको अर्थतन्त्रको भविष्य कस्तो छ? चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाद्वारा देखाइएको "आत्मविश्वास" सबैभन्दा राम्रो प्रमाण हो।