छैठौँ सिल्क रोड अन्तर्राष्ट्रिय सांस्कृतिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न
2023-09-08 14:36:30cri
Share with:

सेप्टेम्बर ७ तारिख छैठौँ सिल्क रोड (दुन हुआङ) अन्तर्राष्ट्रिय सांस्कृतिक प्रदर्शनी पश्चिमी चीनको कान्सु प्रान्तको दुन हुआङमा सम्पन्न भएको छ। यस प्रदर्शनीले सभ्यताहरू बीच सांस्कृतिक आदानप्रदान र पारस्परिक शिक्षा" भन्ने विषयलाई केन्द्रित गर्दै विभिन्न फोरमहरू, प्रदर्शनीहरू र नाटक प्रदर्शन गरेको छ। जसले आदानप्रदान र आपसी सिकाइलाई गहिरो बनाउँदै "बेल्ट एण्ड रोड" को निर्माणलाई प्रवर्द्धन गरेको छ।

झन्डै दुई हजार वर्षदेखि चल्दैआएको दुन हुआङ संस्कृति संसारको सबैभन्दा ठूलो, लामो समयसम्म चल्दैआएको तथा सबैभन्दा समृद्ध र सबैभन्दा राम्रोरूपमा संरक्षित कलाको खजाना हो। यो विश्व सभ्यताको लामो इतिहासमा चम्किलो मोतीको रूपमा रहेको छ।