राष्ट्राध्यक्ष सी चिनफिङद्वारा देशभरका शिक्षकलाई शुभकामना
2023-09-08 20:10:34cri
Share with:

 

सेप्टेम्बर ७ तारिख बिहान हैलोङ च्याङको निरीक्षण भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हार्पिन इन्जिनियरिङ विश्वविद्यालय पुगी विश्वविद्यालयको विकास प्रक्रिया र त्यसले चीनको राष्ट्रिय प्रतिरक्षात्मक विज्ञान प्रविधि कार्यका लागि गरेको योगदानबारे जानकारी लिनुका साथै शैक्षिक र वैज्ञानिक उपलब्धि प्रदर्शनीको पनि अवलोकन गर्नुभएको छ।

 

चीनमा सेप्टेम्बर १० तारिख शिक्षक दिवस मनाइन्छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले देशभरका शिक्षकहरूलाई दिवसको शुभकामना दिनुभएको छ।