सी चिनफिङद्वारस है लोङ च्याङको निरीक्षण
2023-09-08 20:12:23cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै चीनको है लोङ च्याङ प्रान्तमा निरीक्षण गर्नु भएको छ।

 

सो निरीक्षणका क्रममा उहाँले केही निर्देशन दिनुभयो। राष्ट्रिय विकास योजनाको रणनीतिक स्थिति स्पष्ट बनाउनुपर्ने, उच्च गुणस्तरीय विकासलाई प्राथमिक कार्यको स्थानमा राखेर प्रवर्द्धन गर्नुपर्ने, राष्ट्रिय रक्षा सुरक्षा, खाद्य सुरक्षा, पारिस्थितिक सुरक्षा, ऊर्जा सुरक्षा र औद्योगिक सुरक्षा कार्यको जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो। है लोङ च्याङको उच्च गुणस्तरीय विकास सम्पूर्ण रूपमा पुनरोत्थान बनाउनुपर्ने र साथै नयाँ विकासको अवस्थाको सिर्जना गर्नुपर्ने निर्देशन दिनु भएको छ।