बेइजिङको ग्रीष्मकालीन साँझ
2023-09-08 09:25:56CRI
Share with:

ग्रीष्म ऋतु धेरै मानिसकालागि प्रिय ऋतु हो। यस बेला दिन लामो, उज्यालो र न्यानो हुने गर्दछ। त्यसबाहेक, गर्मी पनि निकै हुन्छ। तर साँझपख घाम अस्ताउँदा शित्तल हुनुकासाथै आकाशमा मनमोहक हजारौँ रङ्ग देख्नपाइन्छ। घाम, घामको किरण र बादल तथा धर्ती बीचको दृश्यको वर्णन गरी साध्य हुन्न।

सूर्यास्त हुँदै गर्दा सुस्तरी झर्दै गरेको सूर्यसँगै पश्चिमी आकाशमा गुलाबी, रातो, सुनौलो अनेकन् रङ्ग पोतिन थालेको हुन्छ। घामको किरण र अनेकन् रङ्ग र बादलको स्वरूपले सूर्य अस्ताउञ्जेलसम्मको दृश्य एकदमै अद्भूत बनाउने गर्छ।

बेइजिङको ग्रीष्मकालीन साँझको पनि बयान गर्न सकिन्न। गोधुली साँझको सुन्दर दृश्य घर वा बाटो, सडकबाट पनि बटुवाले हेरेर आनन्द लिनसक्छन्। यसबाहेक, बेइजिङको पर्यटकीय क्षेत्रबाट अवलोकन गर्नु त्यो प्राप्त आनन्दलाई दोब्बर गर्नु बराबर हो।

यो भिडियो युनेस्को सम्पदा सूचीमा सूचीकृत बेइजिङको समर प्यालेस (ग्रीष्म दरबार) मा खिचिएको हो। बेइजिङको उत्तरपश्चिम अवस्थित यो समर प्यालेस एउटा शाही उद्यान हो। सन् १७५० मा सम्राट छिआनलोङले आफ्नी आमाको ६० औँ जन्मदिवसको अवसरमा यो दरबार निर्माण गर्नलगाएका थिए।

यसलाई सन् १९९८ मा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो। युनेस्कोका अनुसार समर प्यालेस ‘चिनियाँ ल्यान्डस्केप गार्डेन डिजाइनको उत्कृष्ट कृति’हो।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/