बेलायती सेल्फ मिडिया कर्मी आफुको चीन बसाइको कथा
2023-09-11 10:34:37cri
Share with:

फ्रैसर साम्प्सन एक जना बेलायती हुनुहुन्छ। तीन वर्षको उमेरदेखि उहाँ पैचिङको गल्लीमा बस्दै आउनु भएको छ। अहिले २५ वर्षीय फ्रैसर साम्प्सनले आफूलाई आफु भन्ने चिनियाँ नाम दिनुभएको छ।

आफुको घर पैचिङको एउटा गल्लीमा रहेको छ। पूरानो आबासभित्र आधुनिक सजावट भएर पूर्व र पश्चिम सन्सारको सुन्दरता यहाँ मिसिएको छ।

आफुले आफूलाई पैचिङको गल्लीमा बस्ने “सुट लगाउने सज्जन” भएको दाबी गर्नुभएको छ। दैनिक जीवनमा उहाँ चिनियाँ र पश्चिमी शैली जोडिने “पूराना पैचिङबासीको जीवन” बिताउनुहुन्छ।

 विहान उठेपछि म तो फू नाउ, तेलमा भुटिएको रोटी र एक कप इटालियन कफी खान्छु। ब्रेकफस्ट खाएपछि म चिनियाँ अथवा अँग्रेजी किताब पढ्छु। किताब पढेपछि म हौ हाई कहाँ कुद्छु र त्यहाँका पैचिङबासीहरुसँग गफ गर्छु। त्यसपछि घर फर्केर काम गर्छु।

सन् १९९७ मा जन्मनु भएका आफु चीनमा बीस वर्षभन्दा बढी समयसम्म बस्नुभएको छ। उहाँका बुवा आमाले चीनका प्रसिद्ध चलचित्र निर्देशक चाङ यी मौको चलचित्र धेरै मन पराएकाले सुहाउँदो बेलामा उहाँहरुले आफ्नो घर पैचिङमा सार्नुभयो।

सन् २००१ मा मेरा बुवा आमाले पैचिङमा तीन चार वर्षसम्म बस्ने योजना बनाउनुभयो। तर चार वर्षपछि पनि उहाँहरुले यहाँ नछोड्ने विचार गर्नुभयो। अहिले २० वर्ष जति बितिसक्यो। उहाँहरु चीनमा लामो समयसम्म बसेर यहाँको जीवनसँग अभ्यस्त हुनुभएको छ।

पैचिङको गल्लीमा हुर्कनु भएका यो बेलायती युवाले राम्रोसँग चिनियाँ भाषा बोलेको कुराले आफूलाई गौरव लागेको बताउनुहुन्छ। तीन वर्षको उमेरमा पैचिङमा आउनु भएका आफुले चीनमा प्राथमिक विद्यालय तथा माध्यमिक विद्यालय पढ्नुभयो। त्यसपछि उहाँले बेलायतको विश्वविद्यालय पढ्नुभयो। विश्वविद्यालयबाट स्नातक भएपछि उहाँ बेलायतमा एक वर्षसम्म काम गरेपछि चीन फर्कनुभयो। चिनियाँ संस्कृति तथा चीनमा बस्न पाउने सुखी अनुभवले उहाँलाई आकर्षण गरेको छ।

बेलायतको जीवनसँग म अभ्यस्त भएको थिइँन। मलाई चीन राम्रो लागेको थियो। चीनमा बस्दा मैले आफ्नो श्रेष्ठता कहाँ हो फेला पार्न सक्छु। यो निर्णायक कुरा हो।

आफुको आँखामा चीनमा हरेक दिन रोचक हुन्छ। चालू वर्षको मे महिनामा उहाँले आफ्ना बुवासँग हिमालयमा साइकल चढ्नुभयो। यस महिनामा उहाँले एउटा बक्सिङ प्रतियोगितामा भाग लिनुहुने छ। कहिलेकाहीँ उहाँले आफ्ना बेलायती साथीहरुलाई चीनमा घुमाउनुभयो। बेलायती साथीहरुले चीन आश्चर्य रहेको प्रशंसा गर्दै उहाँलाई धेरै गौरव लाग्छ।

मेरा एक जना बेलायती साथीले चीन आएपछि “चिनियाँहरु यति राम्रा छन् भन्ने कुरा मैले कल्पनै गरेको थिइँन” भन्दै बताउनुहुन्छ। उहाँले सुपर मार्केटमा सामान किन्दा चिनियाँ भाषा बोल्न नसकेकाले एक जना चिनियाँले उहाँलाई सहयोग गर्नुभयो। यस्तो कुरा उहाँले धरै पटक चीनमा भेट्नुभयो। चिनियाँहरु निकै मिलनसार तथा मैत्रीपूर्ण रहेका र चीनमा घुम्नुपर्ने मेरा साथीले भन्नुभयो।

अहिले आफु सेल्फ मिडिया कर्मी हुनुहुन्छ। चीनबारे केही पश्चिमी सञ्चार माध्यमको रिपोर्ट साँचो नभएको उहाँको विचार छ। विश्वले साँचो चीन र मैत्रीपूर्ण चिनियाँहरुबारे जानकारी लिन सञ्चार माध्यमबाट आफ्नो आवाज प्रसारण गर्न सक्ने उहाँले आशा राख्नुभयो।

मैले विश्वलाई साँचो चीन देखाउन खोजेको छु। मैत्रीपूर्ण चिनियाँहरु चीनको केन्द्र हो। मैले उनीहरुलाई प्रदर्शन गर्ने छु। हामीले अरु बढी विदेशीहरुलाई चीनको यात्रा गर्न हौसला दिन्छौँ।