जी-२० मा अफ्रिकी संघको सहभागिताले विश्वलाई के दिने?
2023-09-11 18:41:54cri
Share with:

जी-२० नयाँ दिल्ली शिखर सम्मेलन १० तारिख सम्पन्न भयो। यस सम्मेलनका उपलब्धिहरुमध्ये एकको रुपमा सबै पक्षहरूले अफ्रिकी संघलाई जी-२० को एक औपचारिक सदस्य बन्न आमन्त्रित गर्नु रहेकोमा मतैक्यता जनाएका छन्। यो अफ्रिकी संघ र अफ्रिकी देशहरूको दीर्घकालीन प्रयासको परिणाम हो, र विश्व संरचनाको विकास र बाह्य शक्तिहरूको प्रवर्द्धनसँग घनिष्ट सम्बन्धित पनि छ।

चीनले अफ्रिकी संघलाई जी-२० मा भाग लिने प्रक्रियामा प्रमुख भूमिका खेलेको कुरा बाहिरी संसारले सामान्यतया विश्वास गर्छ। अफ्रिकी देशहरूको असल मित्रको रूपमा चीनले सधैं अफ्रिकी देशहरू र अफ्रिकी संघलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा अझ ठूलो भूमिका खेल्न समर्थन गर्दै आएको छ र अफ्रिकी संघले जी-२० मा सामेल हुन स्पष्ट समर्थन व्यक्त गर्ने पहिलो मुलुक हो।


चीनको समर्थनप्रति अफ्रिकी संघका वर्तमान अध्यक्ष तथा कोमोरोसका अध्यक्ष अजाली असुमानीले कृतज्ञता व्यक्त गर्दै भविष्यमा चीनसँगको सहकार्यलाई सुदृढ गर्दै विजयी नतिजा हासिल गर्ने अपेक्षा गर्नुभएको छ। वर्तमान अफ्रिकालाई "औपनिवेशिक" र "शिक्षक" चाहिँदैन तर थप समानता, सम्मान र सहयोग चाहिन्छ। यस अर्थमा, जी-२० मा अफ्रिकी संघको सहभागिता केवल एक सुरुवात हो।