निङपो शहरमा एशियाली खेलकुदको ज्योति हस्तान्तरण
2023-09-12 19:06:52cri
Share with:

सेप्टेम्बर २३ तारिखदेखि १९औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुनेछ। हाल त्यसका लागि ज्योति हस्तान्तरण चच्याङ प्रान्तका विभिन्न शहरमा जारी छ। आज निङ पो शहरको पालो हो।

 

निङ पो शहर पूर्वी चीनमा अवस्थित समुद्री तटवर्ती शहर हो। इतिहासमा निङपो चीनका ३ मुख्य व्यापारिक बन्दरगाहहरूमध्येको एक र समुद्री रेशमी मार्गको मुख्य बन्दरगाह पनि थियो। ज्योति हस्तान्तरण समारोहको सुरूवात बन्दरगाह संग्रहालय र अन्त्य बन्दरगाहको डकमा रहेको छ। कुल १७० जनाले ज्योति हस्तान्तरण गरेका छन्। यी ज्योति हस्तान्तरणकर्ताहरू सबै विभिन्न काम वा क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका मानिस हुन्। उदाहरणका लागि पहिलो ज्योति हस्तान्तरणकर्ता चिनियाँ महिला भलिबल टीमका प्रमुख युआन सिनयुन हुनुहुन्छ। चिनियाँ महिला भलिबल टीम एशिया र विश्वव्यापी रूपमा प्रसिद्ध छ।

हजारौंहजार स्थानीय बासिन्दाहरू ज्योति हस्तान्तरणको मार्गवरिपरि हार्दिक स्वागत गरेका छन्।

निङपो शहरमा बिच भलिबल र डुंगा प्रतियोगिताहरू आयोजना हुनेछन्।