जलवायु परिवर्तन सम्मेलनमा नेपालले बलियो उपस्थिति जनाउने अपेक्षा
2023-09-12 15:45:31cri
Share with:

विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्दै कार्बन उत्सर्जन घटाउने मुख्य उद्देश्यसाथ आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) हुँदै छ । नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चल्ने सम्मेलन दिगो विकासको लक्ष्यमा हरित उत्थानशील विकासलाई प्रोत्साहित गर्ने र कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले उत्पन्न गराएको हानि नोक्सानीको भरणपोषणको कार्यान्वयनमा केन्द्रित हुने गोरखापत्र अनलाइनले जनाएको छ।

 

कोप २८ अघि पूर्वतयारीका रूपमा संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा अन्तर्गत हुने जलवायु शिखर सम्मेलनमा नेपालले आफ्नो बलियो पक्षधरता देखाउनुपर्ने हुन्छ। तयारीमै केही अलमल देखिएपनि बलियो पहल हुने दाबी परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल न्युयोर्क जाने तयारी उच्च भइरहँदा त्यहाँ प्रस्तुत हुने धारणा तय गर्ने गृहकार्यमा मन्त्रालय व्यस्त छ। प्रधानमन्त्रीले प्रस्तुत गर्ने धारणाका विषयमा अन्तिम गृहकार्य भइरहेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराउनुभएको थियो। खाकाले अझै पूर्णता पाइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो।


वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले नेपालले ध्यान दिनुपर्ने महत्वका अवधारणा परराष्ट्रलाई उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल, हानि नोक्सानी, वित्तीय आवश्यकता र अनुकूलन गरी चार विषय नेपालको उच्च प्राथमिकता हुन्।