प्रसिद्ध ओपेरा लेखक क्वान हान छिंग-1
2023-09-12 09:16:49cri
Share with:

चीनको युआन वंशका ओपेरा लेखक क्वान हान छिंग चीनको साहित्त्यिक इतिहास तथा ओपेराको इतिहासमा सबैभन्दा ठूला लेखकहरुमध्येका एक हुनुहुन्छ। विगत सात सय जति वर्षदेखि यता उहाँद्बारा लेखिएको ओपेरा “तौ अ युआन” लाई धेरै किसिमका भाषाहरुमा अनुवाद गरिसकिएको छ जुन विश्वका विभिन्न ठाउँहरुमा फैलिइसकेको छ।

श्री क्वान हान छिंग सन तेह्रौं शताव्दीमा चीनको युआन वंशका लेखक हुनुहुन्थ्यो। उहाँ बुद्धिमान हुनुका साथै कविता लेख्न, बाजा बजाउन, नाचगान गर्न र चेस खेल्न सिपालु हुनुहुन्थ्यो। श्री क्वान हान छिंगले लामो समयसम्म शहरमा बसोबास गर्नुभएको थियो। उहाँले शाही अस्पतालमा काम गर्नुभएको थियो। तर चिकित्सा बारे उहाँको चासो थिएन भने ओपेरा लेख्न उहाँ मन पराउनुहुन्थ्यो। तिनताका “चा ओपेरा ” युआन वंशमा निकै प्रचलित थियो। “चा ओपेरा” ले युआन वंशको मौखिक लोक-कथाको यथेष्ठतालाई अरु सम्पन्न पारेको थियो। यसबाट व्यापक रुपमा सामाजिक वास्तविकता प्रतिबिम्बित हुन्थ्यो भने उच्च तहका अधिकारी तथा सामान्य सर्वसाधारणहरु “चा ओपेरा ” हेर्न मन पराउँथे। श्री क्वान हान छिंगले उच्च तहका मान्छेहरुको मनोरञ्जनका लागि ओपेरा लेख्नुभएको होइन, बरु सर्वसाधारणको दु:खबारे सबैलाई जानकारी दिने उहाँको उद्देश्य थियो।
तिनताका युआन वंशको राजनैतिक क्षेत्र भ्रष्टाचारले व्याप्त थियो, समाजमा निकै गोलमाल थियो, र विभिन्न जातिका श्रमिकहरुको जीवन निकै दु:खदायी थियो। श्री क्वान हान छिंगले सर्वसाधारणहरुप्रति सहिष्णुता प्रदर्शन गरेर आफ्नो सरकारी अधिकारीको पदबाट राजीनामा दिई जनताको जीवनबारे जानकारी लिनुभएको थियो। उहाँले युआन वंशको “चा ओपेरा ” मार्फत समाजको वास्तविक अवस्थाको विरोध गर्नुका साथै आफ्नो सामाजिक संकल्पबारे उल्लेख गर्नुभएको थियो।


जनताको दु:ख र लोक भाषाबारे श्री क्वान हान छिंगको प्रशस्त जानकारी थियो भने कला सम्बन्धी उहाँको ठूलो क्षमता पनि थियो। यसबाट ओपेराको सिर्जनाका लागि जीवन्त शक्ति थपिएको थियो। तिनताका ओपेरा देखाउने मान्छेहरुको स्थानलाई निकै तल्लो स्तर ठानिन्थ्यो। तर श्री क्वान हान छिंग सधैं तिनीहरुसँग कुराकानी गर्नुहुन्थ्यो भने स्वयम् पनि ओपेराको निर्देशन गर्नुहुन्थ्यो र अभिनय पनि गरेर देखाउनुहुन्थ्यो। उहाँद्बारा सिर्जना गरिएको ओपेरामा त्यति बेलाको सामाजिक वास्तविकता प्रतिबिम्बित हुनुका साथै विद्रोहको भावना पनि देखिन्छ। उहाँको ओपेरामा दवाउमा बाँच्न विवश श्रमिक जनताको दु:ख प्रतिविम्वित हुनुका साथै उनिहरुलाई सोझा र बहादुर पनि देखाइएको छ। लोकप्रिय ओपेरा “तौ अ युआन” उहाँको सबैभन्दा प्रसिद्ध ओपेरा हो।