लिबियाको आँधी प्रकोपप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको शोक सन्देश
2023-09-12 18:36:55cri
Share with:

सेप्टेम्बर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लिबियामा भएको आँधी प्रकोपप्रति त्यहाँका राष्ट्रपति समितिका अध्यक्ष मानफीलाई शोक सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले लिबियामा आँधी प्रकोपबाट ठूलो मानवीय हताहती र भौतिक क्षति भएको बताउँदै चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै उनीहरुका परिवारजनप्रति सहानुभूति प्रकट गरेको बताउनुभयो। लिबियाका जनताले अवश्य नै कठिनाइ र प्रकोपलाई जित्नसक्ने विश्वास आफूले लिएको पनि सीले बताउनुभयो।