चौशान शहरमा एशियाली खेलकुदको ज्योति हस्तान्तरण
2023-09-13 14:22:05cri
Share with:

सेप्टेम्बर २३ तारिखदेखि १९ औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुँदैछ। हाल त्यसका लागि ज्योति हस्तान्तरण चच्याङ प्रान्तका विभिन्न शहरमा जारी छ। आज सेप्टेम्बर १३ तारिख बुधबार चौशान शहरको पालो हो। कुल १७० जना ज्योति हस्तान्तरणकर्ताहरू १०.९ किलोमिटरको मार्गमा ज्योति हस्तान्तरण गर्दैछन्।

ज्योति हस्तान्तरणको मार्गमा फ्ली नाच, डुंगा कुङफुलगायत स्थानीय विशेषतायुक्त साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएका छन्। हस्तान्तरणको उत्घादन समारोह ६०० वर्षभन्दा बढी इतिहास बोकेको शन च्या मन मत्स्य बन्दरगाह हो। मत्स्य बन्दरगाहको विकासबाट स्थानीय सुधार तथा परिवर्तन देखाइएको छ।