चौशानमा एशियाली खेलकुदको ज्योति हस्तान्तरण समारोहमा विशेषतायुक्त साँस्कृतिक कार्यक्रम
2023-09-13 14:35:47CRI
Share with:

सेप्टेम्बर २३ तारिखदेखि १९औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुँदैछ। हाल त्यसका लागि ज्योति हस्तान्तरण चच्याङ प्रान्तका विभिन्न शहरमा जारी छ। आज सेप्टेम्बर १३ तारिख बुधबार चौशान शहरको पालो हो।

हस्तान्तरण मार्गमा जताजतै स्थानीय विशेषतायुक्त साँस्कृतिक कार्यक्रम देखाइएका छन्। त्यसमा डुङ्गा उशु भनिनएको कार्यक्रम ज्यादै आकर्षक छ। यो माछा मार्ने स्थानीय मानिसहरू डुङ्गामा कार्य गर्दा अभ्यास गर्ने विशेष कुङ फु हो। यो सन् २००९ मा चच्याङ प्रान्तीय गैरभौतिक सांस्कृति सम्पदामा सूचिकृत छ।