पैचिङ सांस्कृतिक मञ्च २०२३ लाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2023-09-14 15:07:05CRI
Share with:

सेप्टेम्बर १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ सांस्कृतिक मञ्च २०२३ लाई बधाई सन्देश पठाउनुभएको छ। 

सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी औंल्याउनुभयोः चिनियाँ सभ्यताले विभिन्न सभ्यताबीच पारस्परिक समझदारी र सम्मानको कदर गर्दै आएको छ। पैचिङ प्राचीन ऐतिहासिक राजधानी र राष्ट्रिय सांस्कृतिक केन्द्रको रूपमा रहिरहेको छ। चीनले पैचिङको श्रेष्ठताको सुदुपयोग गर्दै विश्वका विभिन्न ठाँउसँगको सांस्कृतिक आदानप्रदानलाई सुदृढ पार्नेछ। साथै चीनले अन्य ठाँउसँग संयुक्त रूपमा सांस्कृतिक समृद्धि र विकास, सांस्कृतिक सम्पदाको संरक्षण, सभ्यताहरूबीच आदानप्रदानलाई बढाउँदै जानेछ। मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणमा गहन र स्थायी सांस्कृतिक शक्ति थप्दै जाने छ। 

"उत्कृष्ट संस्कृतिको बिँडो थाम्दै आदान-प्रदान र सहयोगलाई बढाउने" यस पटकको पैचिङ सांस्कृतिक मञ्च २०२३ को मुख्य नारा रहेको छ। सेप्टेम्बर १४ तारिखका दिन उक्त मञ्च पैचिङमा आरम्भ भएको छ।