सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सुरु
2023-09-14 09:18:28cri
Share with:

 "खुलापनको नेतृत्वमा विकास र सहयोगले भविष्यलाई जित्छ" भन्ने नाराका साथ सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर २ तारिख औपचारिक रूपमा शुरु भएको छ। दोस्रो दिन बिहान आयोजना भएको सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाअन्तर्गत विश्व व्यापार शिखर सम्मेलनमा उपस्थित धेरै अतिथिहरूले आफ्नो मन्तव्यमा विश्व अर्थतन्त्रको विकासका लागि सेवा व्यापारको विकासको ठूलो महत्त्व रहेको बताएका छन्।

बेनिनका राष्ट्रपति टालोनले आफ्नो सम्बोधनमा भने कि विश्व व्यापारमा अफ्रिका कृषि र खनपज तथा कच्चा पदार्थको एक महत्त्वपूर्ण निर्यातकर्ता हो, तर यसले विश्वव्यापी सेवा व्यापारमा पूर्ण रूपमा भाग लिएको छैन। अन्तर्राष्ट्रिय समुदायले अफ्रिकी देशहरूमा पर्याप्त उत्पादन लगानी बढाउनुपर्छ र अफ्रिकी देशहरूलाई विश्वव्यापी मूल्य शृङ्खलाहरूमा एकीकृत गर्न मद्दत गर्नुपर्छ। उहाँका अनुसार परम्परागत विकास सहायताले पहिले जस्तै विकासोन्मुख मुलुकको आर्थिक विकासलाई समर्थन दिन पर्याप्त छैन। विकास सहायतालाई नयाँ दिशा चाहिन्छ।

विश्व व्यापार सङ्गठनका महानिर्देशक इवेलाले आफ्नो मन्तव्यमा बताउनुभएअनुसार  समावेशी आर्थिक वृद्धि हासिल गर्न सेवा उद्योगको महत्त्वपूर्ण भूमिका रहेको छ।  अन्तर्राष्ट्रिय सहयोग सुदृढ पार्नुबाट सेवा उद्योगको लागतलाई घटाउन महत्वपूर्ण भूमिका खेल्छ। यस क्षेत्रमा चीनले अझ ठूलो भूमिका सिर्जना गर्ने अपेक्षा उहाँले गर्नुभएको छ। उहाँका अनुसार धेरै वर्षदेखि सेवा व्यापारको निरन्तर वृद्धिले चीनलाई विश्वको चौथो ठूलो सेवा निर्यात राष्ट्र र दोस्रो ठूलो आयात राष्ट्र बनाएको छ। बहुपक्षीय व्यापार प्रणालीको पुनरुत्थानका लागि चीन लगायत सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक छ। चीनले आवश्यक अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्दै सेवाको व्यापारबाट अधिकतम लाभ लिनसक्छ।

संयुक्त राष्ट्र संघको व्यापार तथा विकास सम्मेलनका महासचिव रेबेका ग्रिनस्प्यानका अनुसार विगत २० वर्षदेखि विकासोन्मुख देशहरूमा सेवा व्यापार विकसित देशहरूको तुलनामा तीव्र गतिमा बढेको र विकासोन्मुख देशहरूमा सेवा उद्योगको ठूलो सम्भावना र जीवन्तताले  आर्थिक र सामाजिक परिदृश्यलाई नयाँ आकार सिर्जना गर्ने, आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक विविधीकरणको लागि शक्तिशाली इन्जिन बन्न सक्छ।

आर्थिक सहयोग र विकास संगठनका महासचिव कोलम्यानका अनुसार चीन विश्वव्यापी सेवा व्यापारको महत्वपूर्ण योगदानकर्ता हो। हालैका वर्षहरूमा चीनले सेवा उद्योगको खुलापन क्रममा महत्त्वपूर्ण प्रगति गरेको छ र अझ धेरै प्रगति गर्ने छ। चीनले आफ्नो १४ औँ पञ्च वर्षीय योजनामा सेवाहरूमा व्यापारको वृद्धिलाई बढावा दिन धेरै नीति उपकरणहरू प्रस्ताव गरेको छ। आर्थिक सहयोग र विकास सँगठनले चीनको वाणिज्य मन्त्रालय र राज्य परिषदको विकास अनुसन्धान केन्द्रसँग सहयोग गर्दै कानूनी सेवा,एक्सप्रेस डेलिभरी सेवा आदि क्षेत्रको खुलापनलाई बढावा दिइरहेका छन्।