#समाचार सन्दर्भ# सिधा उडानबाट चिनियाँ पर्यटकहरू नेपाल घुम्नजाने प्रवाह
2023-09-14 11:19:03cri
Share with:

हाल चीनमा निकै लोकप्रिय रहेको एप्स अर्थात् श्याउ हुङ शुमा “नेपाल घुम्नजाने” सम्बन्धी शब्द खोजी गर्दा चिनियाँ युवायुवतीहरूले नेपाल यात्रा गर्ने सम्बन्धमा दशौँ सुझावहरू लेखेको देख्नपाइन्छ।

कुन हाइकिङ लाइनबाट वनस्पति, पहाड र हिमालयको अनुभव गर्नसकिन्छ? ठमेल सडकमा कुन रेस्टुरेन्टमा सबैभन्दा मीठो दालभात खानसकिन्छ? नेपालबाट के के विशेषतायुक्त उपहार छनौट गर्नसकिन्छ? यसबाट हेर्दा चिनियाँ युवायुवतीहरूले नेपाललाई निकै मन पराएको बुझ्न सकिन्छ।

सन् २००१ मा चिनियाँ पर्यटकलाई नेपाल पुर्‍याउने पहिलो व्यक्तिको हैसियतमा साथी नेपाल ट्राभल एण्ड टुर्सका महाप्रबन्धक किशोर राज पाण्डे चीन र नेपाल यी दुबै मुलुकको पर्यटन व्यवसायको विकासका साक्षी बनेका छन्। पाण्डेले सिँहावलोकन गरेअनुसार, पहिले चीन र नेपालको हवाई उड्डयन सम्पर्क थोरै भएका कारण नेपाल गएका चिनियाँ पर्यटकहरूको संख्या त्यति धेरै थिएन। तर पछि चीनका अझै धेरै शहरहरूले सिधैरुपमा नेपाल उड्ने अन्तर्राष्ट्रिय उडान संचालन गरेपछि सन् २०१३ मा नेपाल गएका चिनियाँ पर्यटकहरूको संख्या पहिलो पटक १ लाखभन्दा बढी पुगेको थियो भने सन् २०१९ मा नेपाल गएका चिनियाँ पर्यटकहरूको संख्या करीब १ लाख ७० हजार भएको थियो।

कोरोनाभाइरस महामारीअघि भारतपछि चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक बनेको थियो।

यस वर्षको मार्च १५ तारिखमा चीनले चिनियाँ नागरिक सम्बन्धि मुलुकको पर्यटन पुनः शुरू भएको मुलुकको नामावली सार्वजनिक गरेको थियो र नेपाल उक्त नामावलीको पहिलो स्थानमा रहेको थियो। नेपाल चीनबीचको सिधा उडान निरन्तररूपमा पुनः सञ्चालन भएको राम्रो खबरले पाण्डेजस्ता नेपाली पर्यटन व्यवसायीहरूलाई ठूलो परिमाणमा चिनियाँ पर्यटक नेपाल फर्किने आशा दिएको छ।

गत मार्च २० तारिखबाट स छ्वान एयरलाइन्सले काठमाडौँसम्मको नियमित सिधा उडान पुनः सञ्चालन गरेको छ। यसै गरी, जुन २४ तारिखबाट पैचिङदेखि काठमाडौँसम्मको उडान पनि औपचारिकरूपमा पुनः शुरू गरिएको छ र जुन २६ तारिख छन्तुदेखि पोखरासम्मको उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकोले एउटा नयाँ अध्यायको पनि सिर्जना गरिएको छ।

जुलाई ९ तारिख सीआनदेखि काठमाडौँसम्मको उडान पनि पुनः सञ्चालनमा आएको छ। हालै मात्र सेप्टेम्बर १० तारिख हिमालय एयरलाइन्सले छिङताउदेखि काठमाडौँसम्मको सिधा उडान थपेको छ। नेपाल र चीन बीचको उडान नेटवर्कलाई अझ घनिष्ठ बनाएबाट दुई मुलुकको पर्यटन व्यवसायको आदानप्रदानलाई अघि बढाइने छ।

हाल नेपालको भ्रमण गर्ने सबैभन्दा राम्रो मौसम हो। दशैँ तिहार पनि नजिकिँदै छ। यसका साथै चीनको परम्परागत मध्य शरद महोत्सव र राष्ट्रिय दिवस पनि आउँदैछ। ‘२०२३ राष्ट्रिय दिवस विदेशी पर्यटन प्रवृत्ति प्रतिवेदन’अनुसार, चीनको राष्ट्रिय दिवसमा चिनियाँ पर्यटकको विदेश घुम्ने इच्छा परिधि ठूलो छ।

अहिले सुविधायुक्त सिधा उडान, चिनियाँ युवाले नेपालप्रति लिएको रूची, राष्ट्रिय दिवसको अवसरमा विदेश भ्रमण गर्ने चिनियाँ पर्यटकहरू, यी सबै कारणले आउने विदामा चिनियाँ पर्यटकबाट नेपाल भ्रमणको अपेक्षा गर्नसकिन्छ। पाण्डे जस्ता नेपाली व्यवसायी साथीहरू, तपाईँहरू चिनियाँ पर्यटकको स्वगातको तयारी गर्दै हुनुहुन्छ?