चच्याङ प्रान्तीय निङ पो शहर- प्राचीन व्यापारिक बन्दरगाहको नयाँ अवस्थन
2023-09-14 14:44:51CRI
Share with:

सेप्टेम्बर २३ तारिखदेखि १९औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुनेछ। हाल त्यसका लागि ज्योति हस्तान्तरण चच्याङ प्रान्तका विभिन्न शहरमा जारी रहेको छ। त्यसमध्ये निङ पो शहर  बन्दरगाह चीनमा प्रसिध्द छ। इतिहासमा निङपो चीनका ३ मुख्य व्यापारिक बन्दरगाहहरूमध्येको एक र समुद्री रेशमी मार्गको मुख्य प्रस्थान बिन्दु बन्दरगाह पनि थियो। हाल निङ पोको चौ शान बन्दरगाह विश्वव्यापी रूपमा एउटा मात्रै वार्षिकरूपमा एक अर्ब टन भन्दा बढी मालसामान लोड अनलोड गर्ने बन्दरगाह हो र निरन्तर १४ वर्षमा विश्वको पहिलो स्थानमा पर्दछ।

एशियाली खेलकुदको ज्योति हस्तान्तरण समारोहमा बन्दरगाह नै अन्तिम स्टेशन हो। प्राचीन बन्दरगाह र आधुनिक खेलकुदबीच मेलमिलाप छ।