चिनियाँ राष्ट्राध्यक्ष सी र कम्बोडियाका प्रधानमन्त्री होङ मानेट बीच भेटवार्ता
2023-09-15 10:43:40CRI
Share with:

सेप्टेम्बर १५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनबृहत् सभाभवनमा चीनको भ्रमणमा रहनुभएका कम्बोडियाका प्रधानमन्त्री होङ मानेटसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा सीले भन्नुभयोः प्रधानमन्त्री होङ मानेटले पद सम्हालेपछि भ्रमणकालागि पहिलो मुलुकका रूपमा चीनलाई रोज्नुभएबाट कम्बोडियाको नयाँ सरकारले चीन-कम्बोडिया मित्रतालाई सुदृढ र विकासको क्षेत्रमा ठूलो महत्व दिएको प्रतिबिम्बित गरिएको छ। चीन र कम्बोडिया बीचको संयुक्त भाग्य समुदाय निर्माणलाई गहन बनाउनुका साथै मानवजातिको संयुक्त भाग्य समुदाय निर्माण गर्न कम्बोडियासँगै मिलेर काम गर्ने चीन इच्छुक छ।

यसका साथै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संयुक्त रक्षा गर्न र विकासोन्मुख देशहरूको वैधानिक अधिकार र हितको रक्षा गर्न कम्बोडियासँग मिलेर काम गर्न चीन इच्छुक रहेको पनि सी चिनफिङले पनि जनाउनुभयो।

सो अवसरमा कम्बोडियाका प्रधानमन्त्री होङ मानेटले आफ्नो भ्रमणबारे चर्चा गर्दै भन्नुभयोः चीनलाई औपचारिक भ्रमणको पहिलो मुलुक राख्नुको उद्देश्य कम्बोडियाको नयाँ सरकारको चीनप्रति मैत्रीपूर्ण नीतिलाई दृढतापूर्वक अगाडि बढाउने दृढता देखाउनु हो। कम्बोडियाले चीनसँग मिलेर "बेल्ट एण्ड रोड" निर्माणलाई गहन पार्दै जाने इच्छा लिएको छ। उद्योग, कृषि, लगानी लगायत विविध क्षेत्रमा हुने दुई देशहरू बीचको सहयोगमा थप विकास गर्दै दुई देशका जनताको थप हित कल्याण सिर्जना गर्दै जाने इच्छा लिएको छ । कम्बोडियाले क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा चीनसँग घनिष्ठ सहकार्य गर्दै कम्बोडिया-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरेको छ।