चच्याङ प्रान्तीय निङ पो शहर एशियाली खेलकुदकालागि तयार
2023-09-15 14:55:51CRI
Share with:

लगभग एक सातापछि १९औँ एशियाली खेलकुद चच्याङ प्रान्तीय हाङ चौ शहरमा आयोजना हुनेछ। त्यसका साथै केही प्रतियोगिताहरू चच्याङ प्रान्तका अरू शहरहरूमा पनि आयोजना हुनेछन्। त्यसमध्ये निङपो शहरमा बिच भलिबल र नौका प्रतियोगिताहरू आयोजना हुनेछन्। हाल निङपो शहरका मुख्य ठाउँहरूमा जताततै एशियाली खेलकुदको मस्कट देख्नपाइन्छ। शहरका आधुनिक र परम्परागत भवनहरू एशियाली खेलकुदसरह मेलमिलापपूर्ण रूपमा रहेका छन्।