नयाँ युगमा पार्टी र सरकारको काम बारेमा सी चिनफिङको महत्वपूर्ण निर्देशन
2023-09-15 10:11:17CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै नयाँ युगमा पार्टी कमिटी र सरकारको कार्यालयको कामबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। निर्देशनमा सीले यसरी औँल्याउनुभयोः यी कार्यालयहरू पार्टी र देशको शासन प्रणालीमा विशेष महत्वपूर्ण स्थानमा रहेका छन् र महत्वपूर्ण जिम्मेवारी तथा कार्यभारलाई काँधमा राखिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ राष्ट्रिय महाधिवेशनदेखि नै राष्ट्रिय पार्टी कमिटी र सरकारी कार्यालयले समग्र समन्वय, कर्मचारी सहयोग, सुपरिवेक्षण र निरीक्षण एवम् सेवा प्रत्याभूति दिने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै आएको छ। यस क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र देशको विकासमा महत्वपूर्ण योगदान पुर्याइएको छ।

नयाँ युगमा कार्यालयको कार्यबारे चर्चा गर्दै सी चिनफिङले यसरी जोड दिनुभयोः नयाँ यात्रा सुरु भएपछि पार्टी कमिटी र सरकारी कार्यालयले वफादार, स्वच्छ र जिम्मेवार उच्च स्तरीय व्यावसायिक कार्यकर्ता टोलीको निर्माण गर्नुपर्छ। पार्टीलाई आश्वस्त पार्न सक्ने र जनतालाई सन्तुष्ट पार्न सक्ने नमूना संस्था यी कार्यालयहरू बन्नुपर्छ। सबल राष्ट्र निर्माण र चिनियाँ राष्ट्रको पुनरुत्थान भन्ने महान् कार्यको लागि नयाँ र अझ ठूलो योगदान गर्नुपर्छ।

चिनियाँ कम्युनिष्ट पार्टी कमिटी र सरकारका महासचिवहरूको राष्ट्रिय सम्मेलन सेप्टेम्बर १३-१४मा पैचिङमा आयोजना भएको थियो। सीपीसी केन्द्रीय समितिको राजनैतिक व्यूरोको स्थायी समितिका सदस्यहरू तथा सीपीसी केन्द्रीय समितिको कार्यालयका निर्देशक छाइ छीले उक्त सम्मेलनमा सहभागी हुँदै सी चिनफिङका महत्वपूर्ण निर्देशन सुनाउनुकासाथै सम्बोधन पनि गर्नुभएको थियो।