तिब्बतको नोर्बुलिङ्का
2023-09-15 09:27:13CRI
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासामा रहेको नोर्बुलिङ्काले हाल एक उद्यान र सङ्ग्रहालयको परिचय बनाएको छ। यो नोर्बुलिङ्का अठारौँ शताब्दीको चालीसौँ दशकमा सातौँ दलाइ लामाको समयमा निर्माण गरिएको थियो। यो गर्मीको समयमा बसोबास गर्ने ग्रीष्म दरबारको रुपमा स्थापना गरिएको थियो।

यो नोर्बुलिङ्काले शताब्दी पुरानो तिब्बती सम्पदालाई जीवित राखेको छ। तिब्बती संस्कृति र इतिहास बुझ्ने एउटा सङ्ग्रहालय बनेको छ। शान्त वातावरण र यहाँको हरियालीले यो उद्यानको भ्रमणमा थप आनन्द प्रदान गर्दछ।

यसको पुनःनिर्माण र विस्तृत निर्माणपछि कूल क्षेत्रफल तीन लाख साठ्ठी हजार वर्ग मिटर पुगेको छ र त्यहाँ रहेका वनस्पतिको किसिमको संख्या पनि एक सयभन्दा बढी पुगेका छन्। त्यहाँ हिमालय क्षेत्रका दुर्लभ वनस्पतिहरू र चीनको भित्री भूमि तथा विदेशबाट ल्याइएका वनस्पतिहरु पनि रोपिएका छन्। जसकारण हाल नोर्बुलिङ्का तिब्बतको सबैभन्दा ठूलो, सुन्दर पार्क र ऐतिहासिक पार्कको रुपमा परिचित छ।

विविध किसिमका वनस्पति, रूखहरू र तिब्बती शैलीका भवन दरबारहरू भएकाले नै स्थानीयले नोर्बुलिङ्का भनेका हुन्। तिब्बतीमा नोर्बुलिङ्काको अर्थ ‘खजाना बगैँचा’ हो। यसबाहेक, यहाँ नेपाली रञ्जना लिपि, नेपाली कलावस्तुहरू पनि देख्नपाइन्छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/