चीनको बजार भविष्यमा अवसर रहेको विश्वास
2023-09-16 16:19:42cri
Share with:

स्पेनको आर्थिक अखवारको वेभसाइटले रिपोर्ट गरेअनुसार, गत दुई वर्षमा चीनको आयात डुरियान मात्रा विश्वको समस्त चाहना मात्राको ९१ प्रतिशत पुगेको छ। चीन सरकारले १५ तारिख अगष्टको आर्थिक सूचना सार्वजनिक गरेअनुसार, अगष्ट महिनामा चीनमा उपभोग्य वस्तुको कुल खुद्रा बिक्री मात्रा गत वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशत बढेको छ जसबाट विश्वको लागि चिनियाँ उपभोक्ता बजारको ठूलो आकर्षण भएको प्रमाणित भएको छ।

 

ती डाटा नै विश्वले अपेक्षा गरेको व्यापारिक मौका हो। यस वर्षयता विश्व आर्थिक पुनरूत्थान कमजोर देखिन्छ भने प्रमुख विकसित आर्थिक समूहमा नीति संकुचनको ‘स्पिलओभर’ प्रभाव देखिन्छ। चीनको अर्थतन्त्रले दबावलाई जितेर निरन्तर रूपमा पुनरूत्थानका साथ विश्व आर्थिक वृद्धिको महत्वपूर्ण इन्जिन बनिरहेको छ। धेरै अन्तर्राष्ट्रिय उद्यमीले अर्को बजार मौका अझै चीनमै रहेको भन्दै चिनियाँ बजारलाई अवसरका रुपमा लिएर विश्वलाई नयाँ विकास शक्ति प्रदान गर्ने धारणा व्यक्त गरेका छन्।


महामारीपछिको आर्थिक पुनरूत्थान नै तरंग जस्तै विकास, घुम्तीमोडयुक्त प्रगतिको प्रकृया हो। हाल चीनले उपभोग मात्रालाई पुनरूत्थान तथा विस्तार गर्ने, निजी व्यापारलाई बढाउने, वैदेशिक लगानीलाई आकर्षित गर्ने अनेक कदम चालिरहेको छ। चिनियाँ परम्परागत मध्य शरद पर्व र राष्ट्रिय दिवसको लामो विदा आएसँगै उपभोग र आर्थिक वृद्धिलाई पक्कै बढाइनेछ। प्रवाहमा चीनले विश्वलाई अरू बढी शक्ति प्रदान गर्नेछ।