बर्लिन चिनियाँ संस्कृति केन्द्र स्थापनाको १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सङ्गीत समारोह आयोजित
2023-09-18 09:36:18cri
Share with:

 

बर्लिन चिनियाँ संस्कृति केन्द्र स्थापना भएको १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मे ३१ तारिख बेलुका त्यसले सङ्गीत समारोहको आयोजना गरेको थियो। चीन र जर्मनीका राजनीतिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रका १३० जना भन्दा बढी व्यक्तित्वहरु यस कार्यक्रममा सहभागी हुँदै आपसी मित्रता, आदान-प्रदान तथा सहयोगबारे छलफल गरेका थिए।

 

जर्मनीका लागि चिनियाँ राजदूत वु खनले मे ३१ तारिख आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै “जनता बीचको घनिष्ठ सम्बन्धको आधारमा राष्ट्र बीचको सम्बन्धको स्थापना हुन सकिन्छ भने जनता बीचको आदान-प्रदानको आधारमा जनता बीचको घनिष्ठ सम्बन्ध बनाउन सकिन्छ” बताउनुभयो। मानवीय आदान-प्रदान चीन र जर्मनी बीचको द्वीपक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउनका लागि एउटा महत्त्वपूर्ण विषय रहेको उहाँले औँल्याउनुभयो। उहाँको विचारमा बर्लिन चिनियाँ संस्कृति केन्द्र विगत लामो समयदेखि चीन र जर्मनी बीचको मैत्रीपूर्ण सम्बन्धको महत्त्वपूर्ण प्रत्यक्षदर्शी हो।

 

विगत १५ वर्षयता बर्लिन चिनियाँ संस्कृति केन्द्रले चीन र जर्मनीको सभ्यता बीचको आदान-प्रदानलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। बर्लिन चिनियाँ संस्कृति केन्द्रको राम्रोसँग निर्माण गर्न सक्ने, त्यसलाई चीन र जर्मनीको मानवीय आदान-प्रदान गर्ने पूल बनाउन सक्ने, साँचो, त्रि-आयामिक तथा सर्वतोमुखी चिनियाँ प्रदर्शनको झ्याल बनाउन सक्ने र चीन-जर्मनी सम्बन्धको विकासका लागि अरु ठूलो योगदान पुर्‍याउन सक्ने हामीले आशा राखेका छौँ, जर्मनीका लागि चिनियाँ राजदूत वु खनले भन्नुभयो।

 

जर्मनीको विदेश मन्त्रालयका प्रतिनिधि कारस्टेन वानेकले विगत १५ वर्षयता बर्लिन चिनियाँ संस्कृति केन्द्रले आयोजना गरेको विविध कार्यक्रमले चीन र जर्मनीको सांस्कृतिक आदान-प्रदान तथा जनता बीचको आदान-प्रदानलाई अघि बढाउन सक्रिय भूमिका निर्वाह गरेको ठहर गर्नुभयो।

 

सन् २००८ मा चिनियाँ संस्कृति केन्द्रको स्थापनादेखि आजसम्म त्यो बर्लिनको सामाजिक तथा सांस्कृतिक जीवनलाई रमाइलो बनाउने एउटा महत्त्वपूर्ण भाग बनिसकेको छ। त्यसले जर्मनी-चीन मैत्रीपूर्ण सम्बन्धलाई प्रबर्द्धन गर्न ठूलो योगदान पुर्‍याएको छ। दुई देशले मानवीय आदान-प्रदानलाई प्रवर्द्धन गर्ने कुराले आपसी जानकारी, विकास तथा विश्वासलाई अघि बढाउन सक्ने छ। बर्लिन चिनियाँ संस्कृति केन्द्रले भविष्यमा द्वीपक्षीय मानवीय आदान-प्रदानका लागि निरन्तर प्रेरक शक्ति पुर्‍याओस् मेरो शुभकामना छ, जर्मनीको विदेश मन्त्रालयका प्रतिनिधि कारस्टेन वानेकले भन्नुभयो।

 

बर्लिन चिनियाँ संस्कृति केन्द्रकी प्रमुख सुन छिन हाङका अनुसार, विगत १५ वर्षयता बर्लिन चिनियाँ संस्कृति केन्द्रले जर्मनीका जनतालाई चीनका विभिन्न प्रान्त तथा शहरका सांस्कृतिक स्रोत तथा स्थानीय विशेषताको प्रदर्शन गर्नुबाहेक “खुसीयाली वसन्त चाड” र “चीनको पर्यटन सम्बन्धी सांस्कृतिक साता” लगायत कार्यक्रमहरुको आयोजना गरेको छ। यसै क्रममा चिनियाँ संस्कृति केन्द्रले चिनियाँ भाषा, थाइ चि बक्सिङ, पाक कला लगायत तालिम दिँदै जर्मनीको स्थानीय संस्थासँग अरु बढी आदान-प्रदान तथा सहकार्य गर्दै आएको छ, जसबाट बर्लिन लगायत जर्मन जनताले नजीकबाट चीनबारे पहिचान लिएर चिनियाँ संस्कृतिको अनुभव गर्न पाएका छन्। उहाँले भन्नुभयो,

 

अब उपरान्त चीन-जर्मनी सांस्कृतिक आदान-प्रदानको क्रममा चिनियाँ संस्कृति केन्द्रले झ्याल, पूल तथा चौतारोको भूमिका अरु राम्रोसँग खेल्ने छ। हामीले जर्मन जनतालाई संस्कृति तथा पर्यटन, शिक्षा, विज्ञान तथा प्रविधि र आर्थिक तथा सामाजिक क्षेत्रमा चीनको विकासको उपलब्धि चौतर्फी रुपमा प्रदर्शन गर्दै उक्त क्षेत्रमा दुई देश बीचको आदान-प्रदान तथा सहयोगलाई अघि बढाउने छौँ। हामीले दुई देश बीचको सांस्कृतिक तथा मानवीय आदान-प्रदानलाई अघि बढाउँदै दुई देशका जनता बीचको जानकारी र दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धको विकासलाई अघि बढाउने छौँ।