नेपालका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
2023-09-18 15:56:19cri
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नु भएका प्रचण्ड र गुटेरेसबीच राष्ट्रसंघको कार्यालयमा भएको भेटमा गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे चासो राख्नु भएको नेपाल प्रेस अनलाइनले लेखेको छ।

यस्तै शान्ति सेना, जलवायु परिर्वतन र दिगो विकास लगायतका विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डले नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्ड’ शनिबार साँझ न्युयोर्क प्रस्थान गर्नु भएको छ। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच पनि भेटघाट भएको छ।

आइतबार सम्पन्न सो भेटको उहाँहरू बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ। साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो।