चिनियाँ अपांग महासंघको आठौं राष्ट्रिय महाधिवेशन पैचिङमा सुरु
2023-09-18 17:24:03cri
Share with:

चिनियाँ अपांग महासंघको आठौं राष्ट्रिय महाधिवेशन सेप्टेम्बर १८ तारिख बिहान पैचिङको जनबृहत सभाभवनमा सुरु भएको छ। सी चिनफिङ, ली छ्याङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी र राज्यका नेताहरूले सो महाधिवेशनमा भाग लिनुभएको छ। सीपीसी पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट तीङ स्वेछ्याङले सम्बोधन गर्नुभयो।

तीङ स्वेछ्याङले आफ्नो सम्बोधनमा नयाँ युगको दशकमा, चीनमा अपाङ्ग महाकार्यको सशक्त विकासको नयाँ परिस्थिति सिर्जना भएको छ र "चौतर्फी रूपमा सम्पन्न समाज निर्माण गर्ने र कुनै पनि अशक्त व्यक्तिलाई पछाडि छोड्न नगर्ने लक्ष्य निर्धारित समयमा पूरा भएको बताउनुभयो।  चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रियामा संयुक्त रूपमा अशक्तहरूका लागि सुखी र राम्रो जीवन सिर्जना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

करिब ८ करोड ५० लाख अपाङ्गता व्यक्तिहरूको प्रतिनिधित्व गर्दै देशभरिबाट ६०० भन्दा बढी प्रतिनिधिहरूले सम्मेलनमा भाग लिएका छन्।