"फुअर चिङमाई पर्वत प्राचीन चिया बगान सांस्कृतिक परिदृश्य" विश्व सम्पदा सूचीमा सूचिकृत
2023-09-18 16:24:33cri
Share with:

चीनको "फुअर चिङमाई पर्वत प्राचीन चिया बगान सांस्कृतिक परिदृश्य" ले सेप्टेम्बर १७ तारिख साउदी अरबको रियादमा आयोजित ४५ औं विश्व सम्पदा सम्मेलनमा अनुमोदित भई विश्व सम्पदा सूचीमा सूचिकृत हुन सफल भएको छ। यो चीनको ५७ औं विश्व सम्पदा स्थल बनेको छ।

"फुअर चिङमाई पर्वत प्राचीन चिया बगान सांस्कृतिक परिदृश्य" चीनको युन्नान प्रान्तको फुअर शहरको लान्छाङ लाहु जातीय स्वायत्त जिल्लामा अवस्थित छ र यो हालसम्म प्राचीन चिया बगानको राम्रो संरक्षित र समृद्ध कृत्रिम खेतीको एक विशिष्ट प्रतिनिधि हो। यस परिदृश्य क्षेत्रमा ५ वटा प्राचीन चिया बगान, ९ वटा प्राचीन गाउँहरू र ३ वटा अलग आश्रय बगानहरू रहेका छन् र अझै पनि सशक्त जीवन शक्ति कायम राखिरहेको छ।