एसियाली खेलकुदबारे चाइना मिडिया ग्रुपको प्रसारण तयारी
2023-09-19 10:13:25cri
Share with:

 

हाङ चौ शहरमा आयोजना हुने १९ औँ एसियाली खेलकुद सेप्टेम्बर २३ तारिख उद्घाटन हुने छ। चाइना मिडिया ग्रुप (सीएमजी) सो एसियाली खेलकुदको मुख्य प्रसारण संस्था हो। हाल सीएमजीको रिपोर्टिङ तथा मुख्य प्रसारण संस्थाको रुपमा सेवा दिने तयारी कार्य पूरा भइसकेको छ।

 

चाइना मिडिया ग्रुपले यस पटकको एसियाली खेलकुदको रिपोर्टिङ तथा मुख्य प्रसारण संस्थाको रुपमा सेवा दिनका लागि ४ हजार ५ सयभन्दा बढी कर्मचारीहरु हाङ चौ खटाएको छ। चाइना मिडिया ग्रुपले एसियाली खेलकुदको मुख्य संस्थाको रुपमा सेवा दिनलागेको यो पहिलोपटक हो। चाइना मिडिया ग्रुपले फोर-के प्रविधिमार्फत विश्वलाई अन्तर्राष्ट्रिय सार्वजनिक सँकेत प्रदान गर्नुका साथै विश्वको उन्नतशील एट-के प्रविधिमार्फत उद्घाटन तथा समापन समारोह र ट्र्याक एण्ड फिल्ड लगायतका खेलहरुका लागि सार्वजनिक सँकेत बनाउने छ।

 

एसियाली खेलकुदको अवधिमा चाइना मिडिया ग्रुपले एसियाका धेरै सञ्चार माध्यमहरुसँग सहयोग गरी ६८ किसिमका भाषामार्फत विश्वलाई यस पटकको “चिनियाँ विशेषता, एसियाली छवि र रोचक” भन्ने यस पटकको भव्य खेलकुद समारोहलाई चौतर्फी रुपमा प्रदर्शन गर्ने छ।