प्रसिद्ध ओपेरा लेखक क्वान हान छिंग-2
2023-09-20 09:18:52cri
Share with:

            

“तौ अ युआन”मा युवती तौ अ को दु:खको कथा सुनाइएको छ। विगत सयौं वर्षदेखि यता चिनियाँ जनताले यस ओपेरालाई निकै मन पराउँदैआएका छन। चीनका दशवटा प्राचीन दु:खान्त ओपेराहरुमध्येको एक “तौ अ युआन” लाई विभिन्न भाषामा अनुवाद गरिएको छ र सारा विश्वमा व्यापक रुपमा फैलिएको छ।

            श्री क्वान हान छिंग त्यति बेलाका ओपेरा क्षेत्रका नेतृत्वदायी व्यक्ति हुनुहुन्थ्यो। उहाँका ओपेराहरुले तिनताका श्रमिक जनतालाई प्रोत्साहित गरेका थिए भने त्यसपछिको ओपेराको सिर्जनाका लागि पनि निकै प्रभावकारी भूमिका निर्वाह गरेका थिए। जीन्दगीमा श्री क्वान हान छिंगले सतसठ्ठीवटा ओपेरा लेख्नुभएको थियो र हाल तीमध्येका अठारवटा सुरक्षित छन। व्यक्तित्वको सिर्जनामा श्री क्वान हान छिंग निकै सिपालु हुनुहुन्थ्यो। चीनका प्राचीन ओपेराका रचनाकर्ताहरुमा उहाँले आफू जस्तै स्पष्ट व्यक्तित्व भएका धेरै व्यक्तिहरुको सिर्जना गर्नुभएको थियो। त्यति बेलाका अन्य कुनै पनि लेखकले त्यसो गर्नसकेको पाइँदैन।

           चीनको ओपेराको इतिहास र साहित्त्यिक इतिहासमा श्री क्वान हान छिंगको ओपेराको महत्वपूर्ण स्थान छ। उहाँलाई युआन वंशको “चा ओपेरा” का पिता भनिन्छ। यसका अतिरिक्त, विश्वको साहित्त्यिक कलाको इतिहासमा पनि श्री क्वान हान छिंगको ठूलो इज्जत छ भने उहाँलाई पूर्वी विश्वको शेक्स्पिएर पनि भनिन्छ।