नेपाली प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा आउनुहुने
2023-09-21 19:37:30cri
Share with:
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा आगामी सेप्टेम्बर २३-३० सम्म नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले सेप्टेम्बर २१ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड १९ औँ एसिया खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुने पनि जनाइएको छ।