हाङचौ एसियाली खेलकुदको लागि २५३ सदस्यीय नेपाली टोली
2023-09-21 01:30:01cri
Share with:

हाङचौ एसियाली खेलकुदमा नेपालले २९ वटा प्रतिस्पर्धामा भाग लिँदैछ। २५३ खेलाडीसहित ठूलो टोली नेपालले पठाएको छ। नेपाली प्रतिनिधिमण्डलका प्रमुख एवं नेपाल राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव टंकलाल घिसिङले यसबारे जानकारी दिँदै भन्नुभयोः एसियाली खेलकूद एसियामै ठूलो प्रतियोगिता हो र चीनले यति ठूलो प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गर्न नेपालले ठूलो प्रतिनिधिमण्डललाई पठाएको छ।

हाङचौ एसिया खेलकूद आफ्नो लागि राम्रो आदानप्रदान र सिक्ने अवसर हुने विश्वास नेपाली बक्सर भूपेन्द्र थापाले व्यक्त गर्नु भएको छ। यसै सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले चर्चा गर्दै भन्नुभयोः हाङचौ एसिया खेलकुदबाट चीन र नेपालबीचको मित्रता मात्र नभई चीन, नेपाल र अन्य एशियाली मुलुक र क्षेत्रका जनताबीचको आदानप्रदानलाई बढाउने देख्दा आफूलाई निकै खुशी लागेको छ।

नेपाली प्रतिनिधिमण्डलले एसिया खेलकूदमा आनन्दित समय बिताउने र चीन भ्रमण गर्दै बितेका वर्षहरूमा चीनमा भएको विकास आफ्नै आँखाले हेर्ने समय मिलाउने आशा पनि राजदूत छन् सोङले गर्नुभएको छ।